५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त



अ+ अ-

काठमाडौं:  वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा स्पाइकर्सलाई सफलता दिलाउन तयार देखिएका छन्।

बलियो रणनीतिक कौशल र बलिया टिमहरू बनाउने क्षमताका लागि परिचित जगदीश भट्ट भलिबलका एक सम्मानित प्रशिक्षक हुन्। एशिया र युरोपका उच्चस्तरीय टिमहरूलाई प्रशिक्षण दिने अनुभव संगालिसकेका भट्ट आफ्नो प्राविधिक विशेषज्ञता र प्रेरक दृष्टिकोणको लागि परिचित छन्। भट्टसँग खेलाडीहरूलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउने र जुनसुकै प्रतिस्पर्धाका लागि सक्षम टोलीहरू निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ। यसले खुबीले पनि उनलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा स्पाइकर्सको नेतृत्वका लागि सक्षम बनाएको हो। स्पाइकर्समा उनले उषा भण्डारी, कमला पुन,आरती सुवेदी, निशा महर, कोपिला राना, बसन्ती साउद जस्ता उत्कृष्ट अनि प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो,“प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई सहयोग हुनेछ। वहाँसँग रहेको खेलप्रतिको गहिरो बुझाइ र खेलाडीलाई निखार्नका लागि चाहिने जोशले हाम्रो टोलीको प्रदर्शनलाई पक्कै पनि उच्च पार्नेछ। उहाँको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीचको सन्तुलन हेर्न पनि हामी उत्सुक छौं।”

आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दै प्रशिक्षक जगदिश भट्टले भने,“काठमाडौं स्पाइकर्सको यो नयाँ जिम्मेवारी निभाउन पाउँदा म उत्साहित छु। यो टिम सम्भावनाले भरिएको छ र म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफहरू दुवैसँग मिलेर काम गर्न तत्पर छु। एभरेष्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च हो र यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु  जगदिश भट्ट मुख्य प्रशिक्षक बनेसँगै काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिगको पहिलो सिजनका लागि उत्साहित छ। वहाँको मार्गदर्शनले टिमलाई अझ राम्रो प्रदर्शन गर्न र आफ्ना फ्यानहरूलाई सम्झनलायक अनुभवहरू प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ।