१९ असार २०८३, शुक्रबार
,
Latest
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा गैँडा संरक्षण अभियान शुरु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैँडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैँडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैँडासंरक्षणमा प्रेरित गरेको हो । एकदशक अघि गैडाको खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पुरा गरेका व्यक्तिहरुलाई अहिले गैडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

तत्कालिन समयमा गैँडाको चोरी सिकारमा एउटै गाउँका ४० जना सम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैडा संरक्षणमा जुट्न निकुञ्जले प्रेरित गरेको हो । निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गर्नुभयो । तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए । त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाई छ । आर्थिक रुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्वल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष उनीहरुले माग गरेका छन् ।    

चितवन रास्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शुन्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ । तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् । कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरी तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।