१ असार २०८३, सोमबार
,
Latest
शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई



अ+ अ-

काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्ने बताउनुभएको छ ।

बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत भट्टराईले सार्क र बिमस्टेकलाई थप क्रियाशील बनाउँदै यस भेगका मुलुकहरुको हित र विकासका लागि कुटनीतिक प्रयास गर्ने बताउनुभएको हो ।

उहाँले असंलग्न परराष्ट्र नीतिको परिधिभित्र रहि नेपाल र श्रीलंकाबीचको द्विपक्षिय सम्बन्धलाई सुदृढ र फलदायी बनाउन प्रयास गर्ने बताउनुभयो । उहाँले क्रिकेट लगायतका कतिपय खेलमा श्रीलंकाको अनुभव र प्रविधि नेपाललाई आवश्यक भएको भन्दै खेलकुदमा सहकार्यको वातावरण बनाउन पहल गर्ने बताउनु भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकामा सञ्चालित बौद्ध विश्वविद्यालयहरुका बीचमा आपसी सहकार्य गर्ने परिस्थिति बनाउन जोड दिने उहाँले बताउनु भयो ।

उहाँले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाइ उडान सञ्चालनका लागि पहल गर्ने बताउनु भयो । त्यसैगरी लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्नेपनि उहाँको भनाई छ ।