८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपाल उद्योग वाणिज्य महासंघको अहिलेको कार्यसमिति विघटनको माग

नेपाल उद्योग वाणिज्य महासंघको अहिलेको कार्यसमिति विघटनको माग
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान केन्द्रीय कार्यसमिति नै अवैधानिक भएको भन्दै तत्काल विघटन गरी तदर्थ समिति गठनको माग गरेका छन् । अध्यक्ष साहले हिजो (मंगलबार) मात्रै महासंघको अवैधानिक बाटोतर्फ अघि बढेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्रिय निर्देशक ऐनअन्तर्गत दर्ता भएको संस्था हो । ऐनले के भन्छ भने यसअघिको कार्यसमितिको कार्यकाल चैत्रमै सकियो । चैत्रमै महाधिवेशन हुनुपर्दथ्यो। सो अनुसार गत चैत्र २८ गते नै नयाँ कार्यसमिति आउनुपर्ने हो, तर आएन । त्यो बेलादेखि अहिलेसम्म महासंघ अवैधानिक तवरले हिँडिरहेको छ । अहिलेको सम्पूर्ण क्रियाकलाप अवैधानिक छन् ।’

महासंघको विधानले नै प्रष्ट रुपमा महासंघको निर्वाचनभन्दा पहिले प्रदेश उद्योग वाणिज्य महासंघहरुको निर्वाचन हुुनुपर्ने लेखेको उल्लेख गर्दै उनले भने,‘विधानअनुसार काम अहिलेसम्म भएको छैन् । विश्वव्यापी मान्यता छ कि मतदाताहरुको आर्थिक वर्षको नविकरण हुनुपर्छ । अहिलेको निर्वाचन २०७७ अषाढ मसान्तभित्र नविकरण हुनुपर्ने हो । तर, उनीहरुले २०७६ को असान्त मसान्तभित्रको नविकरणले यो निर्वाचनमा भाग लिएका छन् । यो गलत हो ।’ कतिपय संस्थाहरुको दर्ता समाप्त भैसककेका र कतिपय एक अर्कामा गाभिएको अवस्था सुनाउँदै उनले अहिलेको निर्वाचनमा पूरानै संस्थाबाट पनि मतदाता बनाईएको गुनासो पोखे । उनले भने,‘मर्जरमा गएकाहरुको पनि बेग्लाबेग्लै अवस्थामा मतदाता भएका छन्। एक जनाले सय जनाको मतदान गर्ने अधिकार (प्रोक्सी) लिएर बसेका छन् । जुन कुरा विधानमा समावेश नै गरिएको छैन् । यो गलत कुरा हो ।’

उनले नेपाल सरकारले महासंघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरी विधिसम्मत् रुपमा ल्याई निर्वाचन गराउनुपर्नेमा माग सुनाए । ‘मैले सर्वोच्च अदालतमा हिजो रिट हालेको छु । भोलि विहान १० बजे पेशी तोकिएको छ । मलाई अदालतमाथि विश्वास छ । मैले न्याय पाउनेछु ।’ उनले आफू सामान्य परिवारको सामान्य व्यवसाय गर्ने मान्छे भएको सुनाउँदै महासंघ भने ठूला–ठूला घरानाको संस्था बनाईएको दुःखेसो पोखे । ‘यहाँ करोडौं र अरवौंको चलखेल हुन्छ । हामी सामान्य व्यवसायी कहिले अध्यक्ष बन्ने ? यो गलत परम्परा हटाउनुपर्छ । यो महासंघ सबैको साझा संस्थाको रुपमा देखिएन । ठूला घरानाको संस्थाको रुपमा मात्रै देखापर्यो । मेरो लडाँई कुनै व्यक्ति र पदको लागि छैन् । महासंघ विधिसम्मत हिँड्न्पर्छ भन्ने नै हो ।’