२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुन:निर्माण



sfzLufpF :Jff:Yo rf}sL ejg uf]/vf, @& ebf} M pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf–^ df cjl:yt sfzLufpF :Jff:Yo rf}sLsf] gjlgld{t ejg . ljgf;sf/L uf]/vf e’sDkn] k”0f{?kdf Iflt k’¥ofPsf] :Jff:Yo rf}sLsf] k’gMlgdf{0f ul/Psf] xf] . tl:j/ M ;f}hGo÷/f;;
अ+ अ-

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुन:निर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखरामार्फत काम भएको जानकारी दिनुभयो । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको बताउनुभयो ।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जिभी सेवासँग विंस २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो ।

थपिएको म्याद अघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गर्नुभयो । नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रुपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।




भर्खरै