१९ असार २०८३, शुक्रबार
,
Latest
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोरमा परेर चितुवा नियन्त्रण



अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । 

सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा आएको छ । गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो । खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौँ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौँ चितुवा नियन्त्रणमा आएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।