५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रमुख सचेतक शाहीको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन आग्रह गर्नुभएको हो । उहाँले सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताउनु भयो । उहाँले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यि भवनहरुपनि साटफेर गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘६६ वर्ष अगाडीको राजदुतावासको जमिन र आजको जमिन नेपाली राजदुतावासमा होइन कि कसैको क्यान्टिनमा गएजस्तो बिल्डिङ बनाएका छन् । राजदुत बस्ने घर ठुलै छ । राजदुतावास सानै छ । म यो संसदमार्फत् प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई के अपील गर्न चाहान्छु भने राजदुत बस्ने घर चाहीँ राजदुतावास बनाइदिनुस् । राजदुतावास भएको घर चाहीँ राजदुत बसाइदिनुस् । यो गर्‍यो भने नेपालीको मान, सम्मान, इज्जत बढ्छ । टेक्सासमा कन्सुलर अफिस खोल्न पनि आग्रह ।’

उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड पनि दिनुभयो ।