२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न: बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताउनु भयो । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन् । बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन् ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताउनु भयो ।