१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधि सभाको शुन्य समय: उपसभामुख रानाका बारेमा चर्चा

प्रतिनिधि सभाको शुन्य समय: उपसभामुख रानाका बारेमा चर्चा
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको कुरा चर्चामा आएको भन्दै सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोलेका प्रतिनिधि सभा सदस्यहरु उपसभामुख रानालाई राजीनामा गराउनुपर्ने र राजीनामा गराउनु नहुने पक्षमा देखिएका हुन् । सत्तारुढ दलका सदस्यहरुले उपसभामुखमाथि अमेरिकामा कार्यक्रमको नाममा मानव तस्करी गर्न लागेको आरोप लागेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । प्रतिपक्ष दलका सदस्यहरुले भने उपसभामुखको पक्षमा उभिदै उपसभामुखलाई दुई तिहाइको बलमा महाअभियोग लगाए मान्य नहुने बताए । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले उपसभामुखले सदनको अपहेलना गरेको बताउनु भयो । उहाँले उपसभामुखले गरेका काम मानव तस्कर हो कि होइन भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उपसभामुखज्युको अगुवाईमा अमेरिकाको कार्यक्रममा राजदुतावासलाई अन्य केही व्यक्तिहरुलाई पठाउने भनेर चिट्ठी पठाएको बाहिर मिडियामा आएको थियो । यथार्थ के हो ? उपसभामुख जस्तो व्यक्तिले केही व्यक्तिहरुलाई कार्यक्रम बनाएर बाहिर पठाउने भनेको सानो कुरा हो र ? यो सम्मानित सदनको अपहेलना होइन र ? यदि हो भने उहाँहरुले गरेका कामहरु मानव तस्कर होइन र ? अन्य व्यक्तिहरुका कुरा उहाँहरुले जोडसँग उठाउनुहुन्छ, तर आफ्ना व्यक्तिहरुका कुरा उठाउँदा उहाँहरु आक्रोशित हुनुहुन्छ ।’

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राजनीतिक फाइदाका लागि उपसभामुखमाथि आरोप लगाएर भाष्य सिर्जना गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले राजनीतिक लाभ र हानी हेरेर भाष्य निर्माण नगरी जनताको मुद्दा बोक्न सांसदहरुको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुई तिहाइको बलले जनताको समस्या समाधान गरोस् भन्ने माग गर्न चाहन्छु । जताततै दलगत रुपमा प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दुई तिहाइका सरकारले दम राखेर खारेज गरिदिनु होला । राजनीतिक फाइदाका लागि जे पनि भाष्य निर्माण गर्ने । वेल घेराउ गर्ने । दुई महिनासम्म जनताको आवाज बोल्न नदिने । एउटा मान्छेलाई डाम्यो, सकियो । खर्ब भन्दा बढी रकम सहकारीमा अड्किएको छ, यसलाई राजनीतिक लाभ हानी र आज जुन भाष्य निर्माण गर्न खोजिरहेको छ उपसभामुखको । जनताको मुद्दा बोकौँ न भनेर सम्पूर्ण सांसदहरुको पनि ध्यानाकर्षण गराउन चाहान्छु । राजनीतिक लाभ भयो एउटा भाष्य । राजनीतिक हानी भयो अर्को भाष्य ।’

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले उपसभामुख माथि छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले राजीनामा दिन उपसभामुखलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसद भित्र र संसद बाहिर उपसभामुखको विषयमा विशेष चर्चा भइरहेको छ, यसलाई विशेष छानविन गरेर संसदलाई मार्ग प्रशस्त गर्न उपसभामुखलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले पनि उपसभामुखलाई राजीनामा दिन माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘सदन भित्र र सदन बाहिर उपसभामुखको नैतिकताको कुरा उठेको छ, पदिय मर्यादाको कुरा उठेको छ । मानव तस्करीको कुरा उठेको छ । उपसभामुखजस्तो व्यक्तिको बारेमा सदन र सदन बाहिर प्रश्न उठ्दा उपसभामुखले मार्गप्रशस्त गर्न अथवा राजीनामा दिनको निम्ति म जोडदार माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले उपसभामुखमाथि महाअभियोग लगाउने चर्चा सुनिएको भन्दै सरकारले संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोर्ने प्रयास गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोरिने जुन प्रयास सरकारले गरिरहेको छ, यसमा हामी खबरदारी व्यक्त गर्न चाहन्छौँ ।’

प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले उपसभामुखमाथि महाअभियोग लगाउने गलत कदम नचाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘उपसभामुखलाई महाअभियोग लगाउने चर्चा आइराखेको छ, हामी खबरदारी गर्न चाहान्छौँ । यस्ता खालका गलत कदम नचालियोस् सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले उपसभामुखलाई हटाउने कुराको नेकपा (माओवादी केन्द्र) ले प्रतिवाद गर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रो दल उपसभामुखलाई हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ । विरोध गर्दछ । यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् म अनुरोध गर्दछु ।’

प्रतिनिधि सभा सदस्य हेमराज राईले आफूमाथि लागेको आरोप बारे उपसभामुखले संसदमा स्पष्ट पार्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यदी पत्रपत्रिकामा आएको जस्तै कुरा सदनमा चलेको हो भने हाम्रो उपसभामुखज्युले यसको सत्यतथ्य के हो ? संसदलाई जानकारी गराउनुपर्छ । महाअभियोग जस्तो कुरामा सदन अगाडी बढ्ने बाध्यकारी स्थिति सिर्जना नहोस् ।’

त्यसैगरी शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विना लामाले नेपालीहरुको चाडपर्व नजिकिँदै आउँदा मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गरि कालोबजारी नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘चाडपर्वहरु नजिकिदै आइरहेको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुहरुमा भइरहेको अत्याधिक मुल्यवृद्धिले जनजिवन कष्टकर बन्दै गइरहेको छ । बजारको प्रभावकारी अनुगमन र कालोबजारी नियन्त्रण गरी आम उपभोक्तालाई सहज बजारको वातावरण सिर्जना गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्को निर्देशक पदको नियुक्तिमा असन्तुष्टि जनाउँदै खेलाडी संगिना वैद्यले राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय भएको बताउनु भयो । उहाँले मन्त्रीको ठाडो हस्तक्षेपमा नियुक्त भएको भन्दै यस सम्बन्धमा सरकारले तत्काल जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय खेलकुद परिषद्को निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय हो । राज्यले पहिलो पटक महिला निर्देशक पाउँदै थियो । तर मन्त्रीको ठाडो हस्तक्षेपले पार्टीको क्याडरलाई नियुक्त गर्नु कानूनको उल्लंघन र अपमान हो । संगिनाजस्ता खेलाडीले अब खेल खेल्दा राष्ट्रको झन्डा नभइ पार्टीको झन्डा बोक्नुपर्ने हो ? यस्तो फोहोरी राजनीति खेलकुदमा बन्द गर्नैपर्छ । खेलाडीको सम्मानमाथि खेलवाड गर्न पाइदैन । राष्ट्रको प्रतिनिधित्व गरेको खेलाडीको अपमान यो देशले सहन सक्दैन । अति गर्नु तर अत्याचार नगर्नु । सरकारले तत्काल जवाफ दिनुपर्छ ।’

उहाँले खेलकुदमा फोहोरी राजनीति खेलकुदमा बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले खेलाडीको सम्मानमाथि खेलवाड नगर्न पनि आग्रह गर्नुभयो ।