१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपसभामुख रानालाई एमालेको सुझाव: पदबाट राजीनामा दिनुस्

उपसभामुख रानालाई एमालेको सुझाव: पदबाट राजीनामा दिनुस्
अ अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उहाँको सुझाव थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताउनु भयो । उहाँले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले सुने–संसदको उपसभामुखको विषयमा खासगरी बालबालिकाहरु अथवा अन्य देशमा जोडिएका कयौं मान्छेहरुको सन्दर्भमा अमेरिका पठाउने प्रकरणमा उहाँको बारेमा प्रश्न उठ्यो । र यहाँ कतिपय साथीहरुले भन्नु भयो– यो लोकतन्त्रको चीरहरण हुन्छ । उहाँमाथि प्रश्न उठाउन मिल्दैन । तर मेरो सामान्य ज्ञानले के भन्छ भने लोकतन्त्र नै त्यो व्यवस्था हो, जसले सबैमाथि प्रश्न उठाउन पाउँदछ । र जसलाई नैतिकताको कसीमा जाँचिनु छ । उहाँले त्यसलाई चुनौति दिनका निम्ति आफूमाथिको निष्पक्षतालाई चुनौति दिनका लागि, सहीपनालाई चुनौति दिनका निम्ति र अरुलाई गलत प्रमाणित गरेर आफूलाई सही प्रमाणित गर्ने अवसर पनि लोकतन्त्र र कानूनी राजमा हुन्छ । त्यसो हो भने मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई । जब यत्रो प्रश्न उठेर सदनमा पटक पटक कुरा उठिसक्यो भने यहाँ कयौ दृष्टान्तहरु छन । जसमध्ये म पनि एउटा हुँ । एउटा प्रश्न उठिसकेपछि मैले आफ्नो पदबाट राजीनामा दिएको थिए । म माथि छानविन गरियोस, दोषी भए प्रमाणित गरियोस ।’

‘तथ्यका आधारमा सत्य प्रमाणित गरियोस र कारबाही गरियोस । यो नैतिकता, यति आँट, यति साहस राजनीतिक मान्छेसित हुनुपर्छ, जसले लोकतन्त्रको दुहाई दिन्छौ । त्यसैले मेरो भन्नु के छ भने–जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त ? बाँकि सबैलाई एकमुष्ट जवाफ भएन । अरु कुरा त कानूनले गर्ला । छानविन कुनै भयो भने त्यसले गर्ला । त्यति गर्नका निम्ति मेरो सुझाव छ । त्यसैले प्रश्न उठनु र जवाफदेहिता बोक्नु, जवाफदेहिता चाहिन्छ भनेर माग गर्ने कुरा लोकतन्त्रको हत्या हुँदैन । लोकतन्त्रको थप सुन्दर पक्ष के हुन्छ भने यसले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ । त्यसकारणले जब प्रश्नहरु उठछन, आफ्ना बारेमा उठदा के, अर्कोको बारेमा उठदा के ? यो होइन, जब गम्भिर प्रश्न उठदछ । हाम्रो प्रणाली भित्र, व्यक्तिका आचरण भित्र वा उसका पदीय दायित्वभित्र रहेर गर्नुपर्ने काममा उहाँले पद छोडदा भई गयो नि । त्यसमा ठूलो पद, सानो पद के रह्यो र । म त भन्छु–सांसदहरुका बारेमा पनि त्यस्ता प्रश्न उठेभने के गर्ने भनेर कानून, नियम बनाउन । त्यति आँट राखौन । त्यसले सबैभन्दा राम्रो काम गर्दछ भन्ने मलाई लाग्दछ । पारदर्शिताका लागि पनि मार्ग प्रशस्त गरे हुन्छ ।’

सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरुले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्ने बताउनु भयो ।