१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादी सांसदको आरोप: प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो

माओवादी सांसदको आरोप: प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले एनसेलको भर्खरै  नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको भर्खरै  नविकरणको बारेमा तिनीहरुले एकै पटक पैसा तिर्नु पर्दथ्यो । तर किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर प्रधानमन्त्रीज्युले भनिरहनुभएको छ । यो के सोच हो ? उहाँले भ्रष्टाचार गरिन्न, सहिन्न भनेर नेपाली जनताको जनताको अगाडि जे भनिरहनुभएको छ । २०५० सालतिर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला सँग बस्नुहुन्थ्यो । उहाँहरुको बीचमा अन्तरबिरोध थियो । कृष्णप्रसाद भट्टराईजीले के भन्नुहुन्थ्यो भने गिरिजाबाबु र म त एकदम मिलेका छौँ भन्नुहुन्थ्यो । नमिल्दा मिलेका छौँ भन्नुहुन्थ्यो, मिलेपछि त भनिरहनु पर्दैन । अहिले सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको हो ।’

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताउनु भयो ।