६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ



अ+ अ-

काठमाडौँ । बुद्ध एयरले आफ्नो एटीआर ४२ ९नाइन एन–एआईएन० विमानको बिदाइ गरेको छ ।

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो ।

बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित विदाई गरेका थिए । बुद्ध एयरकाअनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान शुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाई गरिएको छ । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो ।

बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताउनु भयो । उहाँले सन्१९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाईएको बताउनु भयो । उहाँले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाइको बताउनु भयो । उहाँले विमान दुई किसिमले विधाई हुने बताउनु भयो । उहाँले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा संञ्चालन गर्न नसक्दा विधाई हुने बताउनु भयो ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।