१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म समीक्षा: हिन्दी फिल्म ‘लक्ष्मी’ भित्र ओभरएक्टिङ्ग छ ?



अ+ अ-

समीक्षक रिजेश पौडेल

“लक्ष्मी” राधब लरेन्स द्वारा निर्देशित प्रथम हरर कमेडी चलचित्र हो । सन २०११ को तमिल फिल्म “कंचना” को रिमेक हो । यसको मुख्य भूमिकामा कलाकारहरू अक्षय कुमार, कियारा आडवाडी, आयशा राजा मिश्रा, राजेश शर्मा, आश्विनी कलेस्कर र शारद केल्कर छन् ।

यो ठूलो बजेटको पहिलो भारतीय चलचित्र हो जसलाई नोभेम्बर २०२० मा डिजनी हटस्टारबाट प्रसारण गरिएको थियो । साथै सयुंक्त अरब इमिरेट्स, अष्ट्रेलिया, न्युजिल्यान्डमा भव्य प्रदर्शन गरिएको थियो तर भारतमा कोभिड १९ को महामारीको कारण प्रदर्शन हुन सकेन ।

यो चलचित्र एकै व्यक्तिमा आधारित छ जसको शरिर ट्रान्सजेन्डरको आत्माद्वारा ग्रसित हुन्छ । यदि “कंचना” हेर्नु भएको छ भने, त्यस्तो कमेडी हरर मनोरञ्जन प्राप्त गर्न सक्नु हुने छैन किनकी यसको कथा, पटकथा, डाइलग, ओभरएक्टिङ्ग र अनावश्यक कमेडीले दिक्क बनाउने छ ।

चलचित्र कमेडी हरर भनेता पनि त्यस्तो कमेडी र डरलाग्दो रोमाञ्चक निर्देशन छैन । त्यसैले अन्तिम ४० मिनेट कलाकार शारद केल्करको भूमिका रोचक लाग्दछ । तर बाँकी १ घण्टा ४० मिनेटसम्मको मनोरञ्जन बेक्कार छ । चलचित्रको छायाँकन र गीत संगीत ठिकै भएता पनि अनावश्यक संवाद र कलाकारहरूको भूमिका यस फिल्मका कमजोर पक्ष हुन् ।

जे भएता पनि यस चलचित्रको राम्रो पक्ष भनेको ट्रान्सजेन्डरहरू शारीरिक रूपमा भिन्न भएता पनि उनीहरूले जीवनमा कठिनाई र चुनौतीहरुलाई कसरी सामना गर्ने अगाडि बढ्छन् साथै सामान्य मानिसहरु जस्तै असामान्य कार्यहरू पनि अवसर प्राप्त भयो भने गर्न सक्छन् भन्ने सन्देशमूलक सामाजिक शिक्षा दिएको छ ।

अन्तमा म यो भन्न चाहन्छु कि ७ वर्ष अगाडि यो चलचित्र निर्माण गरिएको भए पूर्ण मनोरञ्जन र सफल चलचित्र हुन सक्ने सम्भावना थियो तर अहिलेको समयमा पूर्ण रूपमा समय र पैसाको बर्बाद गरिएको देखिन्छ ।