१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाबिच शिष्टाचार भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली  र भारतका विदेश सचिव श्रींगलाबिच शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

आजै बिहिवार मात्रै श्रींगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका थिए । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेका छन् ।  

श्रृंगलाको आजको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम रहेको थियो । भोली शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम रहेको छ ।