१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छ: काँग्रेस नेता खड्का

सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छ: काँग्रेस नेता खड्का
अ अ+ अ-
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा। नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरुलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दावी समेत गर्नुभयो । नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताउनु भयो । उहाँले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरुलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘म यस अवसरमा त्रियुगा नदीले त्यहाँको जनतालाई बिचल्ली बनाएको छ । यस अवसरमा म प्रधानमन्त्रीजी, सम्बन्धित मन्त्रीहरु गृहमन्त्रीजी र त्यस अन्तर्गतको निकायहरु हार्दिक अनुरोध गर्न चाहन्छु कि जनताको आवश्यक्ताप्रति अत्यन्तै चिन्तित र संवेदनशील भएर यथाशिघ्र के गर्न सकिन्छ रु त्यो काम गर्नका निमित्त म सम्माननीय सभामुखमार्फत हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु । जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने अहिले हामीले देखिराखेका छौ–जनतामा भएको व्यापक निराशा जो विद्रोहको चरणमा पुगिसकेको जनतालाई यस प्रकारले हामीले राहत दिने व्यवस्था गर्न सकेनौँ भने त्यो राष्ट्रका लागि हितकर हुनेछैन । ’
नेता खड्काले जनताप्रति सरकारले उदासिनता देखाउन नहुने पनि स्पष्ट पार्नुभयो ।