५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेप्पोलाई जाँच गर्दा …



अ+ अ-

वीरगञ्ज । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ ।

सशस्त्रले आइतबार पनि वीरगञ्ज महानगरपालिका–१० स्थित आर्दशनगरबाट घण्टाघरतर्फ जाँदै गरेको ना२ह ५९६ नम्बरको टेप्पोलाई जाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको छ लाख ४५ हजार छ सय मूल्य पर्ने २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियाका घर भएका टेप्पोचालक विनोद कुशवाहालाई समेत पक्राउ गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

गणका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले चाडपर्व नजिकिँदै गर्दा तस्कर धेरै सक्रिय भएकाले पनि अवैध सामान बरामद हुने क्रम बढेको बताउनुभयो । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी सधैँ सक्रिय नै रहँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै अवैध चोरी तस्करी गर्नेको सङ्ख्या बढेकाले पनि बरामदको घटनामा वृद्धि भएको हो ।”

सशस्त्र प्रहरी बलले शनिबारमात्र रु १० लाख ५० हजार छ सय बराबरको भन्सार छलीका सामान पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । सशस्त्रले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित रु चार लाख ७३ हजार आठ सय मूल्य पर्ने काजु, खजुर बदाम, बिस्कुट र किसमिसलगायत सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी शनिबार नै नगवास्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु तीन लाख छ हजार छ सय ३० मूल्य पर्ने चक्लेट, चिनी र बोरा सिलाउने मेसिन बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६ स्थित मीनाबजारबाट भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु दुई लाख ७० हजार एक सय ७० मूल्यका आलु र प्याज बरामद गरेको थियो ।