१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ । कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

उहाँहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसक्नुभएको छ ।