१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा थप दुई जना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चरक मेमोरियल अस्पतालमा उपचाररत दुई जना संक्रमितको निधन भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृतक पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते चरक मेमोरियल अस्पतालमा उपचारक्रमा मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा मिर्गौला र मधुमेहसम्बन्धी समस्या पनि थियो ।