काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान प्रक्रिया सुर भएको छ । महासंघको शुक्रबार बाट सुरु भएको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्बाचन प्रक्रिया सुरु भएको हो ।
महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बन्नु हुने छ भने बरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान टिम सहित प्रतिस्प्रर्धामा रहनु भएको छ । सनिबार बिहान आठ बजे बाट मतदान प्रक्रिया सुरु गर्ने महासंघको निर्बाचन सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनको स्थान निर्धारण गरिएको छ । जस अनुसरा प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
गत चैतमा नै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भै मंसिर ११ गते देखि सुरु भएको थियो ।











