७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेकपा सचिवालयको बैठक बस्दै, आरोप प्रत्यारोपमा ब्याक गियरको खोजी

नेकपा सचिवालयको बैठक बस्दै, आरोप प्रत्यारोपमा ब्याक गियरको खोजी
अ+ अ-

काठमाडौ ।  सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालयको बैठक दिउसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । आजको बैठकका मंसीर ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली माथी लगाउनु भएको गम्भिर आरोपको बारे अध्यक्ष ओलीले प्रतिबाद सहितको लिखित जवाफ पेश गर्नुहुने छ । 
आफू निकट नेताहरुले तयार पारेको लिखित प्रतिबेदन लाई प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अन्तिम रुप दिनु भएको थियो ।  जवाफमा प्रधानमन्त्री ओलीले दाहालले लाएको आरोपको खण्डन र अस्वीकार गर्दे पार्टी  एकता लाई जोगाउनका लागि अभिभाबकीय भूमिका सहितको जबाफ तयार गर्नुभएको उहाँ निकट एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । ती सदस्यका अनुसार संयमित खालको जबाफ तयार भएको छ , बिेशेष गरी स्थायी समितिले गरेको  सर्बसम्मत निर्णयलाई  आधार मानेर अघि बढ्ने खालको जबाफ तयार भएको छ । जबाफमा ब्यक्तिगत रुपमा लगाईएका लान्छानाहरको अस्बीकार तथा खारेजी र राजनीतिक बुदाहरुको बारेमा समस्या सूरु हुनुका कारण र त्यसको निराकरणलाई समेटिएको छ । 
 मंसीर तीन गते देखी अध्यक्ष ओली र दाहाल बीच प्रत्यक्ष सम्बाद नभएपनि  उहाँहरु निकट नेताहरु बीच पटक पटक समस्या समाधानको लागि छलफल भएको थियो । सुरुका बेला  निकै आक्रोशित देखिनुभएका अध्यक्ष दाहालले पछिल्ला केही दिन यता भने समस्या जहाँबाट सुरु भएको हो त्यही बिन्दु बाट समाधानका लागि आफु  तयार रहेको  सन्देश वालुवाटार पुर्योउनु भएको छ ।  जसका कारण पाि अध्यक्ष ओलीले  आफनो प्रतिबेदनलाई केही नरम बनाउनु भएको  जनाईएको छ  । 
यसै बीच स्थायी समिति सदस्य एबं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुबै प्रतिबेदनलाई खारेजी गरी एकताको नयाँ प्रतिबेदन बनाउनु पर्ने सुझाब दिनु भएको छ । सामाजिक संञ्जाल मार्फत पोखरेलले यस्तो सृुझाब दिनु भएको हो । यसैबीच शुक्रबार सांझ स्वास्थ्थ मन्त्री भानुभक्त ढकालले बरिष्ठ नेता माधबकुमार नेपाल संग र उपपप्रधानमन्त्री ईश्वर पोखरेलले सचिवालय सदस्य  बामदेब गौतम संग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो ।