१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइन: अध्यक्ष लिङदेन

खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइन: अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताउनु भयो । उहाँले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउनु भयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरु कर तिर्न अप्ठ्यारो मान्छन् ?किन यहाँ मात्रै ति व्यापारीहरु विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन् । तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन । यहाँ मात्रै किन विवाद आउँछ ? अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरुले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरु रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरु भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन । यसलाई तपाईले पक्रेर र कुनै मञ्चमा ठूलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न । यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको, अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन् । र जनता विकल्प खोजिराखेका छन् भन्नेकुरालाई गम्भिरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस् । विगतका गलत क्रियाकलापहरु नदोहोर्‍याउनुस् ।’

उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।