३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने भएपनि रोल नम्बरका आधारमा गरिएको बताउनु भयो । उहाँले चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले गम्भिर प्रकृतिको गल्ती गरेका बताउनु भयो । उहाँले मानविय गल्ती गरेर विद्यार्थीहरुको भविष्यलाई धरापमा पार्न पाइन्छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले आयोगले ३ हजार विद्यार्थीको नतिजा भद्रगोल गरेको बताउनु भयो । उहाँले नतिजा पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चिकित्सा शिक्षा आयोगले भदौ १ गते लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा भदौ १४ गते सार्वजनिक गर्‍यो । समान अंक प्राप्त गर्ने विद्यार्थीहरुको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने ?किन रोल नम्बरका आधारमा भयो? म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले किन गम्भिर प्रकृतिको गल्ती गरेका ?मानविय गल्ती भनेर वक्तव्य निकालेर सच्याएको हामीले सुन्यौँ । म प्रश्न गर्न चाहन्छु, मानविय गल्ती गरेर विद्यार्थीहरुको भविष्यलाई धरापमा पार्न पाइन्छ र ?विद्यार्थीले समान अंक प्राप्त गर्दा क्रमश: बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम गर्नुपर्ने होइन र? झन्डै ३ हजार विद्यार्थीको नतिजा भद्रगोल भयो । परीक्षार्थीले परिक्षाको विश्वसनीयता, प्रश्नपत्रको गोपनीयता बारे प्रश्न उठाउनुभएको छ । ओएम आर सिटबारे प्रश्न उठ्दैन ?रोल नम्बर एउटा विद्यार्थीको प्राप्ताङ्क अर्को विद्यार्थीको । भद्रगोल बनाउने अनि सच्याइयो भन्ने ? यस प्रकारको मजाकभन्दा माथि उठेर सम्बन्धित निकायले निकै पारदर्शितापूर्वक, गम्भीरतापूर्वक मेडिकल साइन्स लगायतका मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीहरुको सिट र कोटालाई व्यवस्थित गर्नका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले एमबिबिएस मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीहरुको कोटालाई व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै