३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारहरु भंग गरौँ: सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताउनु भयो । त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उहाँले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरु उधारो लिएर काम चलाउनु परेको छ । गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो । यो के हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ । सेतो हात्ति नपालौँ भनेको छ । हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस् । मन्त्रीज्युले वन मन्त्रालय दिदाँखेरी त्यहाँ त तीतेपाती र वनमाराहरु हेर्न म जान्नँ भनेर भन्नुभएछ । के वन मन्त्रालयमा तितेपाति र वनमारा मात्रै देखिन्छ ? यो त एक प्रकारले मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’

सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताउनु भयो ।