१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रदेश सरकारहरु भंग गरौँ: सांसद कार्की

प्रदेश सरकारहरु भंग गरौँ: सांसद कार्की
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताउनु भयो । त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उहाँले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरु उधारो लिएर काम चलाउनु परेको छ । गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो । यो के हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ । सेतो हात्ति नपालौँ भनेको छ । हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस् । मन्त्रीज्युले वन मन्त्रालय दिदाँखेरी त्यहाँ त तीतेपाती र वनमाराहरु हेर्न म जान्नँ भनेर भन्नुभएछ । के वन मन्त्रालयमा तितेपाति र वनमारा मात्रै देखिन्छ ? यो त एक प्रकारले मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’

सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताउनु भयो ।