४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस्: सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गर्नुभयो । उहाँले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो रु यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन रु यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गर्नुभयो ।