२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी इराकमा भएको आइएस आक्रमणमा ११ सैनिकको मृत्यु



अ+ अ-

एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट ९आइएस० समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ उक्त क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल–सादीले सिन्ह्वालाई बताउनुभयो । 

आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए ।

आक्रमणकारीहरूले तापक्रममा आएको उल्लेख्य गिरावटको फाइदा उठाएर सैनिक चौकीमा आक्रमण गर्दा सेनातर्फ धेरै षति हुन पुगेको अल सादीले बताउनुभयो । 

आक्रमणपछि दियाला प्रान्तका इराकी सुरक्षाबल उच्च सतर्क अवस्थामा राखिएको छ भने दियालाको प्रान्तीय परिचालनको उच्च पदस्थ सुरक्षा अधिकारीहरू घटनाको जाँच गर्न घटनास्थल पुगेका बताइएको छ ।

विगत महिनाहरूमा इराकमा आतंकवादी समूह घोषित आइएसआइएसले उनीहरूबाट यस पहिले सरकारी फौजले नियन्त्रण गरेका प्रान्तहरूमा इराकी सुरक्षा बलविरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।