१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

पचपन्न वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी

पचपन्न वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी
अ अ+ अ-

दोधारा चाँदनी । देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय जोशीको जोश युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मनुभएका उहाँ देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गर्नुभएको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रम आयोजना गरिएको थियो । ती सबै ठाउँमा देउडा खेलाउन पुग्नुहुन्छ जोशी । बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उहाँ देउडा खेल्नका लागि ग्वाल्लेकबाट महेन्द्रनगर पुग्नुभयो । देउडा खेलाउन माहिरजोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्ने गर्नुहुन्छ । छब्बिस वर्षको उमेरदेखि देउडा खेल्न सुरु गर्नुभएका जोशी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाउने गर्नुहुन्छ ।

“१४र१५ वर्षको उमेरमा गोठालो जाँदा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखि हो”, जोशीले भन्नुभयो, “मैले सुदूरमा देउडा खेलाउन थालेको ५५ वर्ष भइसक्यो ।” देउडा खेल्दा छुट्टै आनन्द प्राप्त हुने जोशीको भनाइ छ । “मान्छे बूढो भए पनि मन बूढो हुँदैन”, गीतकार जोशीले भन्नुभयो, “१६ वर्षको उमेरदेखि देउडामा रमाउन थालेँ, आनन्द लाग्छ सबैसँग भेट हुन्छ । उहाँले देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको बताउनुभयो ।

देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफूलाई यसैमा आनन्द लाग्ने गरेको जोशीले बताउनुभयो । “देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो”, उहाँले भन्नुभयो, “आफू दु:खमा भए पनि देउडा नजिक पुग्यो भने आनन्द मिल्छ ।” देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत जान्न सकिने उहाँको भनाइ छ ।

देउडामा श्रीकृष्ण लीला, रामलीला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको जोशीले उल्लेख गर्नुभयो । “गीतमार्फत सवालजवाफ हुँदा पुराना कुराहरु जान्ने अवसर मिल्छ । साथै मनोरञ्जन हुने, हाम्रो पुर्खा र देवीदेवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।” देउडामा गीतकारले देवीदेवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा गीतमार्फत सवालजवाफ हुने उहाँको भनाइ छ ।

सुदूरपश्चिममा रामदत्त जोशी भन्नेबित्तिकै युवादेखि पाका पुस्तासम्म आकर्षित हुने गरेको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । “उहाँको संस्कृतिप्रतिको अथाह प्रेम छ”, देउडिया (गीतकार) रमेश पन्तले भन्नुभयो, “उहाँले सुदूरपश्चिमभरि देउडा खेलाइसक्नुभएका जोशी ७५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तै उत्साहित देखिनुहुन्छ ।”

गीतकारलाई तत्कालै प्रतिउत्तर दिन सब्ने क्षमता भएका जोशीले विशेषगरी संस्कृति र इतिहाससँग सम्बन्धित विषयवस्तुलाई देउडाका माध्यमबाट उठाउने गरेका पन्तले बताउनुभयो ।

देउडामा विम्ब र अलङ्कार सिर्जना गर्नसक्ने र तुरुन्तै प्रतिउत्तर दिनसक्ने देउडीकाका रुपमा जोशी सुदूरपश्चिममा चिनिने साहित्यकार कविराज भट्टले बताउनुभयो । “जोशी व्यङ्ग्यमा पनि पोख्त छन् र मनोरञ्जन दिनसक्ने अदभूत क्षमता छ”, उहाँले भन्नुभयो, “उहाँमा पौराणीय कुराको ज्ञान पनि धेरै छ ।”

आफूले सानै उमेरमा बैतडीको देहिमाण्डौँ मेलामा जोशीलाई देउडा खेलाउन देखेको भट्टले सम्झनुभयो । “तीस वर्षअघि जुन जोशका साथ देउडा खेलाउँथे अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “उतिबेला पनि रामदत्त जोशीकै देउडा हेर्न भनेर गाउँगाउँबाट मान्छे देहिमाण्डौँ पुग्थे ।” जोशीसँग सुदूरको संस्कृति र इतिहासको ज्ञान रहेकाले नयाँ पुस्ताले पनि उहाँबाट धेरै कुरा सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलोघेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालका आधारमा डेड पाइला अगाडि र डेढपाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् । देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।

देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरुष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन् । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ । रासस