१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एअरलाईन्सको पर्वतीय उडान मंसिर २० बाट, एक टिकट किन्दा अर्को निःशुल्क



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको छ । 

आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो । 

‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यती एअरलाइन्सले नेपाली यात्रुका लागि रु आठ हजार ९९९ र नेपालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन । 

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाईटको लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ । 

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहनुभएका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिएको बताउनुभयो । “हामिले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ”,– उहाँले भन्नुभयो । अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन । 

यती  एअरलाईन्स संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो । यो एअरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ‘कार्बन न्यूटर्ल’ गर्ने दक्षिण एशियाकै पहिलो र एकमात्र एअरलाईन्स हो । यती र भगिनी संस्था तारा एअरले नेपालका सवैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएको छ ।