२५ भाद्र २०८३, बिहीबार
,
Latest
मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात



This image shows Birgunj Customs Office in Parsa district in March 2020. Photo courtesy: Rajan Prasad Ghimire.
अ+ अ-

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात रु १७ करोड ७५ लाख एक हजारले बढेको बताउनुभयो । गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

कार्यालयका गत साउनमा रु ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा रु ४८ करोड नौ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा रु ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट रु ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा रु १९ करोड ४३ लाख २३ हजार विदेशी मुद्रा प्राप्त भएको थियो । रासस