१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.49

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

कैलाली। गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति अन्दाजी १:१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।