४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा तायमचा नृत्य प्रतियोगिता



अ+ अ-

गण्डकी । लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुुरस्कृत बन्नुभएको छ । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुुभयो ।

नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुुभएको थियो । रासस