• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक ★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएकोमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीहरुले जनही ९ हजार रुपैयाँ धरौटी बुझाएका छन् । पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अतिथि रहेका ओली र देउवाविरुद्ध नाराबाजी र होहल्ला भएको थियो ।

प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको थियो ।