७ जेष्ठ २०८२, बुधबार
,
Latest
गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृत्यु चुरोट र रक्सीमा कर नबढाउन काँग्रेस सांसद मिश्रको माग वैभव सूर्यवंशीले पहिलो आईपीएलमा बनाएका रेकर्डहरु, एकलाई तोड्न त असम्भव नै झेँदी पुल निर्माण सम्पन्न बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने… लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि बिचको सहकार्य अक्षयले परेश रावलविरुद्ध २५ करोडको मुद्दा दायर गरे, ‘हेरा फेरी ३’को शुटिङ बीचैमा छोडेको आरोप गौरवको आयोजना छ वर्षदेखि अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल



अ+ अ-

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताउनुभयो । एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाउनुभएको थियो । रासस