१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल
अ अ+ अ-

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताउनुभयो । एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाउनुभएको थियो । रासस