• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी ★   पूर्वमन्त्री शर्मालाई पितृशोक ★   रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ: देउवा ★   दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा ★   १२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने ★   सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ: मन्त्री दाहाल ★   बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण अन्तिम चरणमा ★   कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन ★   पहिरोले महाकाली राजमार्ग अवरुद्ध ★   सरकारलाई सांसदहरुको सुझाव: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ

ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त



काठमाडौँ:  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई  वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ ।

विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।रासस