१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

संसदको पुस्तकालयबारे सांसदहरु स्वयं अनविज्ञ

संसदको पुस्तकालयबारे सांसदहरु स्वयं अनविज्ञ
अ अ+ अ-

काठमाडौँ । सांसदहरु स्वयंले संसद सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् ।

शुक्रवार संघीय संसद सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भ पारेर सिंहदरबारमा आयोजना गरेको ‘संसद पुस्तकालय: प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, एमालेकी सांसद शान्ति चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीलगायतका सांसदहरुले संसद सचिवालयको पुस्तकालयमा पुस्तकको व्यवस्थापन समेत राम्रोसँग नगरेको गुनासो समेत गरेका छन् । उपसभामुख रानाले सो पुस्तकालयमा जथाभावी पुस्तक फालिएको अवस्थामा भेटिएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन सचेत गराउनु भयो । उहाँले पुस्तकालय संसद सचिवालयमा छ भने पछि सांसदहरुले जाने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने काममा लाग्नुपर्ने बताउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘पुस्तकालयमा पुस्तकहरु नै राम्रोसँग राखिएको छैन । त्यत्तिकै फालिएको अवस्था छ । यस्तो नगरौं । त्यहाँका अदभुत चिजहरुलाई संरक्षण गरेर राखौं । संसद सचिवालयको पुस्तकालयमा बनाउने जिम्मा हाम्रो हो । जाऔं । त्यसको प्रभावकारी सञ्चालनमा लागौं । पुस्तकालय छ भन्ने हामीलाई थाहा छ तर जाँदैनौं । त्यो पुस्तकालय शाखाको कमजारी होइन । ’

एमालेकी सांसद चौधरीले आफूलाई संसद सचिवालयमा पुस्तकालय छ भन्ने थाहा नभएको बताउनु भयो । उहाँले पछिल्लो घटनाक्रमबारे अध्ययन गर्ने काम फेसबुक लगायतका साामाजिक सञ्जालबाटै हुने गरेकाले पनि पुस्तकालयबारे चासो दिन अवस्था नरहेको पनि बताउनु भयो । सांसद चौधरीले सांसदहरुको भुमिका प्रभावकारी हुने खालको सामग्रीहरु सो पुस्तकालयमा राख्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी नयाँ सांसदहरु छौ । र यहाँ लाईब्रेरीको व्यवस्था गरिएको छ भन्ने कुरा स्वयं मलाई पनि थाहा थिएन । अघिनै माननीयज्यूहरुले भनिसक्नु भयो–अहिले यो सबै अध्ययन गर्न फेसबुकहरु छँदैछ । यसकारणले पनि पुस्तकालय गएर अध्ययन गर्ने काम बिग्रीएको छ । पहिलेका सांसदहरुको भन्दा अहिलेका सांसदहरुको भुमिका प्रभावकारी नभएको कुरा पनि आयो । यसमा म महशुस गर्दै पहिलाका सांसदहरुको भुमिका पनि हेर्‍यौं हामीले । जुन विषयमा केन्द्रित भएर संसदमा छलफल हुनुपर्ने, त्यतातिर नगएर हामी चुनावी भाषण जस्तो मात्रै गर्ने चलन संसदमा भित्रिएको छ ।’

सो पुस्तकालयमा आफू एक पटक पुगेको र खोजेको पुस्तक नपाएपछि फेरि दोहोर्‍याएर नगएको राप्रपाकी सांसद रोशन कार्कीको स्पष्टिकरण थियो । उहाँले पछिल्लो सन्दर्भ सामग्रीहरु पनि सो पुस्तकालयमा व्यवस्था गर्न संघीय संसद सचिवालयको ध्यानाकर्षण गराउनु भयो ।

सांसद कार्कीले भन्नुभयो, ‘लाईब्रेरीमा खोजिएको किताव पनि भेटिएन । पुस्तक पनि व्यवस्थित ढंगले राखेको पाइएन । राम्रो नभएपछि म फेरि फर्केर त्यो लाईब्रेरी गएको छैन । अब म फेरि एकचोटी जान्छु । माननीयहरु किन त्यहाँ आएनन् भन्ने कुराको पछाडि कारणहरु पनि खोज्नुपर्छ । लेटेष्ट सामग्रीहरुको अभाव छ ।’

सांसदहरुले सो पुस्तकालयको अध्ययन सामग्रीको लागि पूर्व सांसदहरुको अनुभव पनि उपयोगी हुने धारणा पनि राखेका थिए । रासस