• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   १२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने ★   सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ: मन्त्री दाहाल ★   बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण अन्तिम चरणमा ★   कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन ★   पहिरोले महाकाली राजमार्ग अवरुद्ध ★   सरकारलाई सांसदहरुको सुझाव: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ ★   भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने ★   मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल ★   जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने ★   पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त

संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देउवाले भने: अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ



काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छाँै । राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ । त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन् । नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताउनु भयो । गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनु भयो ।