२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउछ: महिलामन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री सुडीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा गैर सरकारी संस्था वा नागरिक संस्थाहरुको प्रभावकारी समन्वय र नियमन गरी वर्गिकरण र विषयगत परिचालन गर्न आवश्यक भएको बताउनु भयो । उहाँले गैरसहकारी संस्थाहरुलाई नियमन र वर्गिकरणको लागि मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले त्यसको समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता रहेको भन्दै संघीय मर्म अनुरुपको एकीकृत सामाजिक सेवा ऐन ल्याउन लागिएको बताउनु भयो । उहाँले नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरुलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी बनाइने बताउनु भयो । उहाँले वैदेशिक सहायता रकम अर्थ मन्त्रालय र गृह मन्त्रालयसँगको समन्वयनमा महिला तथा बालिकालिका मन्त्रालयमार्फत एकद्वार प्रणालीबाट खर्च हुने व्यवस्था गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा सरकारी संस्था वा नागरिक संस्थाहरुको प्रभावकारी समन्वय र नियमन गरी वर्गिकरण र विषयगत परिचालन गर्नु अहिलेको आवश्यकता हो । यो कामलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको छ । समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता हो । अहिले संघीय मर्म अनुरुपको एकिकृत सामाजिक सेवा ऐन ल्याउनु र नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरुलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी रुपमा प्राथमिताका साथ गर्ने जानकारी गराउन चाहन्छु । विदेशी रकमहरु अहिले अर्थ मन्त्रालय अन्तरर्गत आउने कहिले गृह मन्त्रालय मातहतमा आउने र कहिले समाज कल्याण परिषद्बाट आउने गरेको भन्दै त्यसलाई एकद्वार प्रणाली एउटै बैंक र एउटै मन्त्रालयको मातहतमा ल्याउने काम गर्दैछौं । एकरुपकताको लागि प्रयास भइरहेको छ । समाज कल्याण परिषद्ले नविकरण पनि रोकेको छ । जुन कर नबुझाएको भनिएको छ । वैदेशिक सहायता परिचालन सम्बन्धमा रहेका अफ्ठ्यारा परिस्थितिहरु छन् । समाधानको लागि मन्त्रालय लागेको छ । त्यसको लागि एकिकृत कानून बनाउँदैछौं ।’

उहाँले गैरसरकारी संस्थाहरुको समाज कल्याण परिषद्ले नविकरण रोकेको विषयमा कर लगायतका समस्या अध्ययन गरी सहजिकरण गरिने बताउनु भयो ।