• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली ★   नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति: प्रधानमन्त्री ★   बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते ★   ‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ?

सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउछ: महिलामन्त्री सुडी



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री सुडीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा गैर सरकारी संस्था वा नागरिक संस्थाहरुको प्रभावकारी समन्वय र नियमन गरी वर्गिकरण र विषयगत परिचालन गर्न आवश्यक भएको बताउनु भयो । उहाँले गैरसहकारी संस्थाहरुलाई नियमन र वर्गिकरणको लागि मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले त्यसको समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता रहेको भन्दै संघीय मर्म अनुरुपको एकीकृत सामाजिक सेवा ऐन ल्याउन लागिएको बताउनु भयो । उहाँले नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरुलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी बनाइने बताउनु भयो । उहाँले वैदेशिक सहायता रकम अर्थ मन्त्रालय र गृह मन्त्रालयसँगको समन्वयनमा महिला तथा बालिकालिका मन्त्रालयमार्फत एकद्वार प्रणालीबाट खर्च हुने व्यवस्था गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा सरकारी संस्था वा नागरिक संस्थाहरुको प्रभावकारी समन्वय र नियमन गरी वर्गिकरण र विषयगत परिचालन गर्नु अहिलेको आवश्यकता हो । यो कामलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको छ । समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता हो । अहिले संघीय मर्म अनुरुपको एकिकृत सामाजिक सेवा ऐन ल्याउनु र नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरुलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी रुपमा प्राथमिताका साथ गर्ने जानकारी गराउन चाहन्छु । विदेशी रकमहरु अहिले अर्थ मन्त्रालय अन्तरर्गत आउने कहिले गृह मन्त्रालय मातहतमा आउने र कहिले समाज कल्याण परिषद्बाट आउने गरेको भन्दै त्यसलाई एकद्वार प्रणाली एउटै बैंक र एउटै मन्त्रालयको मातहतमा ल्याउने काम गर्दैछौं । एकरुपकताको लागि प्रयास भइरहेको छ । समाज कल्याण परिषद्ले नविकरण पनि रोकेको छ । जुन कर नबुझाएको भनिएको छ । वैदेशिक सहायता परिचालन सम्बन्धमा रहेका अफ्ठ्यारा परिस्थितिहरु छन् । समाधानको लागि मन्त्रालय लागेको छ । त्यसको लागि एकिकृत कानून बनाउँदैछौं ।’

उहाँले गैरसरकारी संस्थाहरुको समाज कल्याण परिषद्ले नविकरण रोकेको विषयमा कर लगायतका समस्या अध्ययन गरी सहजिकरण गरिने बताउनु भयो ।