३ मंसिर २०८१, सोमबार
,
Latest
आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने आठौं समन्वयात्मक बैठक सम्पन्न निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यकः चेम्बर विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा रुस–युक्रेन युद्धको एक हजार दिन पूरा पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो राहत जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वलडाकुको घरछेउमा फेला परेको थियो बम



अ+ अ-

काठमाडौँ । बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्सा रहेका छन् ।

डाँडागाउँस्थित आइतराज केरुङको घरनजिकैको अम्रिसो बारीमा भेटिएको उक्त बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको बताईएको छ ।

युद्धकालमा ल्याएर राखेको उक्त बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बम विष्फोट भएको घरधनी आइतराज केरुङ माओवादी केन्द्र सशक्त संघर्षमा हुँदा पार्टी कार्यकर्ता थिए । ०६२ सालयता भने उनी सदरमुकाम फिदिममा व्यवसाय गरेर बस्छन् । उनको खाली रहेको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्छन् ।

माओवादी कार्यकर्ताको घर नजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै रहेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए । कति वर्ष पुरानो हो भन्ने चाहिँ नेपाली सेनाले फरेन्सिक जाँच गरेपछि मात्रै थाहा हुने उनले बताए ।

अहिले विस्फोट गराउने उद्देश्यले बम राखेको पुष्टि नभएको डीआईजी खापुङको भनाई छ । द्वन्द्वकालमा कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्ने उनले बताए ।

उक्त स्थानमा अर्को एक थान बम पनि फेला परेकोमा सैनिक टिमले निष्क्रिय बनाएको छ । बम ह्याण्डमेड जस्तो देखिएको डीआईजी खापुङले बताए ।‘डिस्पोज गरेको बम ह्याण्डमेड सकेट हो, बिस्फोट भएको पनि ह्याण्डमेड सकेट हो भन्नेछ । कति वर्ष पुरानो हो भन्ने फरेन्सिक जाँच पछि खुल्छ’, उनले भने ।