१० श्रावण २०८३, आईतवार
,
Latest
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ



अ+ अ-

धुलिखेल, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।