९ माघ २०८१, बुधबार
January 22, 2025 Wednesday
Latest
महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती आगामी भदौ २०,२१ र २२ मा विधान महाधिवेशन गर्ने एमालेको निर्णय कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल अनाधिकृत फिजियोथेरापी सेवा रोक्न फिजियोथेरापी सङ्घको आग्रह पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेकम्पार छाडेर भोजपुर फर्किए हेर्ने कथाका प्रकाश, काठमाडौं पनि आउने



अ+ अ-

काठमाडौं । ‘हेर्ने कथा’ नामको कार्यक्रमले पत्ता लगाएका प्रकाश तामाङ आफ्नै गाउँ भोजपुर फर्किएका छन् । लामो समयदेखि घर भुलेर आफ्नो गाउँमा पुग्न नसकेका उनलाई हेर्ने कथा कार्यक्रमले पुर्‍याइदिएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि बसेका थिए । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।

उनलाई छेकम्पारबाट स–सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

प्रकाश तामाङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने तयारीमा छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग गर्ने आश्वासन दिएका छन् ।

नागरिकतासमेत बनाउन नपाएका उनले अब एक–दुई दिनभित्रै नागरिकता पाउने छन् । प्रधानमन्त्री ओलीले उनलाई नागरिकता दिने व्यवस्था तत्काल मिलाउन गृहसचिवमार्फत् निर्देशन दिएका थिए ।