• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo

एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते



Pdfn] ;lrjfno a;]sf] a}7s sf7df8f}F, !# ebf}M g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf] nlntk’/sf] Rof;nl:yt kf6L{ d’Vofnodf cfh a;]sf] ;lrjfno a}7s . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताउनु भयो । ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ । पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।

हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो । बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।

उहाँले भन्नुभयो, ‘सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउने ।
अधिवेशनको आयोजना र तिनीहरुलाई अझ व्यवस्थित गर्ने । ११ जिल्लाहरुको जिल्ला अधिवेशन गर्न बाँकी छ । आधा जस्तो पालिकाहरुको अधिवेशन बाँकी छ, तिनीहरुको समयमै र व्यवस्थित रुपले अधिवेशन गर्ने ।
पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहनुभएका साथीहरुको व्यवस्थापनको बारेमा तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने ।
हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने ।
कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने ।
केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको छ ।
जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने ।
कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेकुरा छन् ।
पार्टी पोलिटब्युरोको बैठक आगामी भदौ १८ गते दिउँसो १ बजेबाट शुरु भइ १९ गतेसम्म सञ्चालन हुनेछ ।
पार्टीका उपाध्यक्ष, संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेका छौँ ।

उहाँले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताउनु भयो ।