१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी

सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
अ अ+ अ-

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताउनुभयो ।

‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उहाँले भन्नुभयो– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं ।’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोक्न पनि उहाँले सचेत गराउनुभयो । ‘दुई तिहाइको घमण्ड नगर्नोस्, तपाँइहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर तपाइँहरुको लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’

अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताउनुभयो । ‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’

दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि बताउनुभयो । ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरुले गर्न नहुने काम गर्नुभएको छ’– उहाँले थप्नुभयो– ‘उहाँहरुले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । काँग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा रु बेलायत, अमेरिका कतै यस्तो देखिदैन ।’ कही नहुने काम काँग्रेस र एमालेले गरेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घात हुन नदिने बताउनुभयो ।

उहाँले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताउनुभयो । ‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभो, त्यो घरका मालिक हेर्नोस्’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसबाट थाहा हुन्छ विचौलिले के भूमिका निर्वाह गरे भनेर ।’
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु हुँदैन भन्नेमा माओवादी स्पष्ट रहेको बताउनुभयो । काँग्रेस पनि त्यसको विपक्षमा उभिने उहाँको विश्वास छ ।

उहाँले माओवादीको प्रदेश परामर्श बैठकले नयाँ एकताको भाव पैदा गरेको बताउनुभयो । पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै उहाँले बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरुसँग एकताको तयारी भइरहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको संसदीय दलमा देखिएको विवाद पनि परामर्श बैठकबाट समाधान भएको जानकारी दिनुभयो । पार्टीले यसअघि गरेको सर्कुलर अब कार्यान्वयनमा जाने जानकारी दिंदै अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य खगराज भट्टलाई नै दलको नेता बनाउने पार्टी निर्णय रहेको बताउनुभयो ।