१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका हेड क्वार्टरमा कोही बाँकी रहँदैन थिए: पदम गिरी

सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका हेड क्वार्टरमा कोही बाँकी रहँदैन थिए: पदम गिरी
अ अ+ अ-
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सही ढंगबाट छानबिन भएको भए माओवादीका शिर्ष तहका कुनैपनि नेता बाँकी नरहने बताउनु भयो । उहाँले सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताउनु भयो । उहाँले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) तिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन । हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन । तर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जुन प्रश्नहरु संसदमँ तेर्साउनु भयो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ । म सुशासनको पक्षमा छु । म ट्रंक लाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ । अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो । म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरुले उर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो । निरन्तर ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन । किन वक्यौता उठाउनेतिर लाग्नु भएन । उद्योगी, व्यापारीहरुले तिर्नुपर्ने बिल कति हो टिओडी मिटरअनुसार भन्नेकुरा आज पनि दिन सकेको छैन । किन प्राधिकरणले दिन चाहँदैन । सुशासनको कुरा गर्नुभयो । ललितानिवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो ।
अनुसन्धानको दायरामा ल्याइ कारबाही अघि बढाउन भनेको थियो, सर्वोच्च अदालतले तर पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएर हामी अनुसन्धान गर्न सक्दैनौँ भनेको होइन । जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सिआइबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो की होइन ?त्यही हो सुशासनको पक्षमा उभिएको ? कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालामा इतिहास रच्ने काम भयो । सायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेड क्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए । यो म भन्नसक्छु ।’
उहाँले आफूले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता उठाउन नसक्ने अनि वर्तमान सरकारलाई हिलो छ्याप्ने काममा नलाग्न चेतावनी दिनुभयो ।