• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी ★   अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल ★   मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश ★   माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न: शक्तिबहादुर बस्नेत ★   झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग ★   राष्ट्रपतिबाट संसदको दुवै सदनको चालु अधिवेशन सोमवार राती देखि अन्त्य ★   जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च ★   मादीनदीले बगाएका बालक अझै भेटिएनन ★   कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित ★   प्रतिनिधिसभाको बैठक सुरु, सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै

सांसद पौडेलको प्रश्न: विद्युत प्राधिकरणलाई टोकेर के गर्न खोज्नुभएको हो



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले विद्युत प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको बताउनुभएको हो । उहाँले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोज्नुभएको हो रु भनि प्रश्न गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएको भन्दै त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत निर्यात गरेको छ । लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । कुनै दूरदराजमा पुग्न बाँकी रहेको होला । यसैमाथि आजपनि टोकेको छ । भोलि पनि टोकेको छ । पर्सि पनि टोकेको छ । के गर्न खोज्नुभएको हो रु म भन्न चाहन्छु, ध्यान नेपाल वायुसेवा निगमतिर जाओस् । चारवटा जहाज ग्राउण्डेड भइसकेका छन् । ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन् । यतातिर सरकारलाई ध्यानाकर्षण गराउनु होला । दुरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस् । एउटा संस्थाले राम्रो काम गर्‍यो भने त्यसैमाथि फर्किएको छ । कुराकानी गरेको छ । के गर्न खोज्नुभएको ? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।