२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्काले लिजेण्ड लिगमा गुजरातबाट खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

लिजेण्ड लिग क्रिकेटमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमा उल्लेख गरेको छ ।

उनलाई गुजरातले साढे १२ लाख भारु अर्थात् २० लाख नेपाली रुपैँयामा अनुबन्ध गरेको हो ।लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि सुरु हुँदै छ ।

लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । लिजेण्ड लिगमा ६ टिमबीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनको खेलहरू भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।