१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन: शिक्षामन्त्री भट्टराई



अ+ अ-
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताउनु भयो । मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताउनु भयो । उहाँले विश्वविद्यालयका व्यवस्थापकिय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । विश्वविद्यालयमा योग्यता प्रणालीको शुरुवात भएको थियो । प्रधानमन्त्रीबाट हस्तक्षेप भयो । शिक्षामन्त्रीबाट विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको लागि गुहारिएको देखियो भन्ने प्रश्नमा, शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरुले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो । देशमा सबैखाले श्रमको सम्मान नहुनु पनि हो । युवाहरुमा सजिलो रोजगारीको आकांक्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारा मात्रै नबनाई राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरिएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि गुहारेको छैन । विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम हामी संयुक्त रुपमा गर्ने गर्छौ । विश्वविद्यालयका व्यवस्थापकिय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन । तर म अहिले पनि भन्न चाहन्छु, हामीले राजनीतिक प्रतिवद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्छन् । दबाबमा पुग्छन् ।’
मन्त्री भट्टराईले राजनीतिक प्रतिवद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकारे विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराउनु भयो ।