१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै दुर्घटना भयो: महानिर्देशक अधिकारी

हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै दुर्घटना भयो: महानिर्देशक अधिकारी
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गर्नुभयो । उहाँले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताउनु भयो । उहाँले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गर्नुभयो । उहाँले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोकिएर भएको बताउनु भयो । उहाँले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरुले पालना नगरेको बताउनु भयो । उहाँले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको बताउनु भयो । उहाँले जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गर्नुभयो । उहाँले हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गर्नुभयो । उहाँले शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर बिरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान भएको भन्दै अन्य कुनै समस्या नभएको बताउनु भयो । उहाँले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हवाई दुर्घटना वृद्धि हुँदा धेरै गुमाईसक्यौं । विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भयो । अनौठा खालका हवाई दुर्घटनाहरु नेपालमा भइदियो । अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने छ । नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोकिने र जंगलमा ठोक्किने गरेका छन् । नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । कित नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुपर्‍यो । होइन भने यो भन्दा बढी के गर्नुछ । तालिम छ । सुरक्षा विज्ञ पाइलटहरु छन् । तर स्टिल बादलमा छिर्नु हुन्छ । पाइलटहरुमा गोरर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ । तथ्याङ्क हेर्दा धरै सिनियर पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको छ । धेरै राम्रा मान्छेहरु गुमायौं । ९८ वटा हवाई दुर्घटनामा बादल वा खराब मौसममा छिरेर भएको छ ।’

‘त्यहाँ नछिरेको भए अहिलेको नेपालको हवाई उडानमा कालो दाग लाग्ने थिएन । जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्न हुन्थ्यो । तर सबै पाइलटहरु बहादुर भएकाले यस्तो भएको हो । हवाई सञ्चालक सार्थीहरुलाई पनि माथि जान वा पैसा कमाउन किन हो हतार छ । शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर बिरुद्ध सर्वोच्च पुग्नुभयो । कति जना शेयरहोल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भयो । यसको जिम्मा कसले लिन्छ । शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेर कतिजनाको मुत्यु भयो त्यसको जिम्मा कसले लिन्छ । यो कुरा सञ्चालकहरुले सोच्नुपर्छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादल भित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या ठाउँकोमा छ औषधि अन्य ठाउँमा लगाइरहेका छौं ।’

उहाँले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सञ्चालकहरुले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको बताउनु भयो ।