९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कम्पनी मोडर्नाले माग्यो खोप प्रयोगको अनुमति



अ+ अ-

न्युयोर्क । कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो । यसअघि फाइजरले खोप प्रयोगको अनुमति माग्दै अमेरिकामा आवेदन दिइसकेको छ । मोडर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपत्कालीन प्रयोगका लागि स्वीकृति (ईयूए) को माग गरेको र यसलाई युरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर ससर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ ।

बेलायतको नियमनकारी निकायले फाइजर तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेका दुइटा खोप प्रयोगका लागि अनुमति दिने/नदिनेबारे तथ्यांकहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।

बीबीसीका अनुसार मोडर्नाले बेलायतमा आफ्नो खोप प्रयोगका लागि चाँडै नै अनुमति पाउने आशा व्यक्त गरेको छ । मोडर्नाले ३० हजार जनामा खोपको अन्तिम चरणको परीक्षण गरिएको र गम्भीर प्रकारका असरहरू नदेखिएको जनाएको छ ।

बेलायतले हालसम्म मोडर्नाको ७० लाख डोज, फाइजर तथा बायोएनटेकको ४ करोड तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको १० करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । सरकारले ७ विभिन्न कम्पनीका कुल ३५ करोड ७० लाख डोज खोप सुरक्षित गरिसकेको छ । कान्तिपुर दैनिक