२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने उखु किसानको चेतावनी

नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने उखु किसानको चेतावनी
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल ६५ रुपैयाँ २८ पैसासहित जोडेर प्रतिक्विन्टल समर्थन मूल्य ५४४ रुपैयाँ तोकेर मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गर्ने तयारी गरेको हो । गत वर्षको तुलनामा कृषि मन्त्रालयले यस वर्ष प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर सिफारिस गर्ने तयारी गरेको छ । गतवर्ष सरकारले उखुको नगद अनुदानसहित प्रतिक्न्विटल समर्थन मूल्य ५३६ निर्धारण गरेको थियो । किसानको लागत खर्च र ढुवानी जोडेर गत वर्षभन्दा समर्थन मूल्य ८ रुपैयाँ बढाई सिफारिस गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘कृषि मन्त्रालयले प्रतिक्विन्टल ५४४ रुपैयाँ उखुको समर्थन मूल्यका लागि सिफारिस गर्ने तयारी गरेको छ । उखु किसानको लागत मूल्यमा र ढुवानी २० प्रतिशतभन्दा बढी मूल्य बढेको छ । प्रतिक्विन्टल ५४४ रुपैयाँ मात्र हुने हो भने अब उखु किसानले उखु खेती नै गर्न छोड्ने छन् । सरकारले उखु किसानलाई उखु खेतीलाई नै निरन्तरताका लागि प्रोत्साहित गर्ने हो भने प्रतिक्विन्टल ६२० रुपैयाँ उखुको मूल्य निर्धारण गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘सरकारले कृषि मन्त्रालयले सिफारिस गरेको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ नै स्वीकृत गरेपछि आन्दोलनका लागि सबै स्थानीय तहका नगरपालिकामा पत्राचार गरी उखु खेती नै नगर्ने गरी हामीले आन्दोलन तयारी गरेका छौं । ‘सरकारले नै उखु किसानलाई बेवस्ता गर्दै आएका कारण बर्सेनि २० प्रतिशतले किसान उखु खेतीबाट पलायन हुँदै गएका छन् । बर्सेनि उखुको उत्पादन पनि घट्दै गएको छ । अध्यक्ष मैनालीले भने, ‘दुई÷तीन वर्षअघि उखुको उत्पादन २ करोड ७६ लाख क्विन्टल उत्पादन हुन्थ्यो । अहिले उखुको उत्पादन आधाभन्दा बढी घटेको छ । यसवर्ष उखुको उत्पादन १ करोड ३० लाख क्विन्टल मात्र उत्पादन हुने अनुमान छ । उनले भने, ‘चिनी मिलले किसानको उखुको भुक्तानी नै नदिने अनि सरकारले पनि किसानलाई बेवस्ता गर्ने, किसानले खाना पानी नभनेर उत्पादन गरेको उखुको मूल्य नै नपाउने भएपछि उखु खेती गर्न छोड्न थालेका छन् ।

अध्यक्ष मैनालीका अनुसार देशभर उखु किसान ७२ हजार छन् । चिनी मिलले उखुको भुक्तानी समय नदिने भएपछि उखु खेती गर्न छोडेर अन्य पेसामा लाग्न थालेका छन् । मैनालीका अनुसार चार ओटा चिनी मिलले लामो समयदेखिको उखु किसानको उखु बिक्री गरेको ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । किसानको उखुको भुक्तानी नै नगरी चिनी मिल बन्द भइसकेका छन् । तर, किसानले उखुको भुक्तानी भने पाएका छैनन् । मैनालीका अनुसार उखुको भुक्तानी गर्न बाँकी अन्नपूर्ण चिनी मिलको १७ करोड रुपैयाँ, श्रीराम सुगर मिलको २४ करोड लुिम्बनी सुगर मिलको १० करोड र इन्दिरा मिलको ७ करोड भुक्तानी गर्न बाँकी छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले उखु किसान, चिनी उद्योगी र विभिन्न सरोकारवाला निकायसँग छलफल गरी यस वर्षका लागि उखुको समर्थन मूल्य वाणिज्य मन्त्रालयले पठाउने तयारी गरेको बताए । उनले गतभन्दा यस वर्ष उखुको समर्थन मूल्य बढाउन सिफारिस गर्ने तयारी भएको बताए । प्रवक्ता केसीले भने, ‘कृषि विभाग कृषि विभाग उत्पादनलागतको अध्ययन गरेर मन्त्रालयलाई सिफारिस गर्छ । सोही आधारमा उखु किसान, चिनी उद्योगी व्यापारी र सरोकारवालासँग छलफल गरी कृषि मन्त्रालयले समर्थन मूल्य सिफारिस गर्नेछ, ।

डा। प्रवक्ता केसीले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य वाणिज्यलाई एकरदुई दिनभित्रमा सिफारिस गरी सक्ने बताए । उनले कृषि मन्त्रालयले वाणिज्य मन्त्रालयलाई सिफारिस समर्थन मूल्यमा फेरि छलफल गरी वाणिज्यले मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले सिफारिस गरेको मूल्य मन्त्रिपरिषद्ले स्वीकृत गरेको मूल्य निर्धारण हुने प्रवक्ता केसीले बताए । राजधानी दैनिक