• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंका केही ठाउँमा आज पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने ★   बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ : उपराष्ट्रपति यादव ★   २०८१ भित्रै सडक बालबालिकालाई सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला ★   बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती ★   छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस ★   आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? ★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा

तनहुँमा ६ वटा गाडी ठोक्किँदा ४ जना घाइते



तनहुँ । तनहुँको पृथ्वीराजमार्गस्थित बन्दिपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् ।

सडक खण्डमा यात्रुबाहक बसको ब्रेक फेल भएपछि सो घटना हुन पुगेको प्रहरीले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्कियो ।

ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नम्बरको बोलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बसमा ठोक्किन पुग्यो ।

यस्तै उक्त बसले फेरि ना १ च ८४३४ नम्बरको अर्को बोलेरो तथा उक्त बोलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।