१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन उपभोक्ता समितिका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रही काबेली करिडोर विस्तारका क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी रुख कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखापरीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफुखुसी कारोबार गरेको पाइएपछि आयोगले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

अध्यक्ष कार्कीले उपभोक्ता समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायतका कागजात आफैँले लिई समूहको रु ३० लाख ७८ हजार छ सय बराबरको कार्ययोजना प्रक्रिया नपुर्याइ स्वीकृत गरेको आरोप छ । कटान आदेशभन्दा बढी रु आठ लाख ५५ हजार पाँच सय चारको वन विनास गरी अवैध घाटगद्दी गरेको पाइएको आयोगको ठहर छ ।

आयोगले रु ३० लाख ७८ हजार छ सय बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगोबमोजिम कैद, सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।